Logo
Logo

पुर्वअर्थमन्त्री बिष्णु पौडेल र युवराज खतिवडामाथि पनि छानविन गरौं : माओबादी


34.4k
Shares

काठमाडौं । सत्तारुढ दल माओबादी केन्द्रले तत्कालीन अर्थमन्त्री युवराज खतिवडा र विष्णु पौडेलमाथि पनि छानविन गर्नुपर्ने धारणा राखेको छ । एमालेले अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेपछि माओबादीले पनि यस्तो धारणा राखेको हो ।

माओवादीले यसअघि प्रश्नको घेरामा रहेका अर्थमन्त्रीहरूमाथि पनि एकसाथ छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेको हो । बजेटबारे यसअघिका अर्थमन्त्रीहरू युवराज खतिवडा र विष्णु पौडेलको समेत यस्तै विवाद भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रमुख दलका सचेतकहरुको बैठकमा समेत माओवादी प्रमुख सचेतक देव गुरुङले उठाएका छन् । तत्कालीन समयमा अर्थमन्त्री रहेका खतिवडा र पौडेलबारे समेत समिति बनाएर प्याकेजमा छानविन गर्नुपर्ने माग उनले राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्