काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मुग्लिन कटाउनुपर्ने समय आएको बताएका छन् ।
प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुँदा थापाले ‘अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस्, काठमाडौंको सांसद हुँ थानकोट कटाइयोस्’ भनेका थिए ।

त्यही भनाइलाई लक्षित गर्दै बुधबार राजधानीमा आयोजित पार्टी ध्रुरुविकरण तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै विप्लवले भने– ‘उन (गगन थापा)लाई थानकोट होइन, अहिले त मुग्लिन कटाउनुपथ्र्यो ।’ अमेरिकाले गगन थापाहरुलाई त धोती न टोपी बनाइदियो उननको टिप्पणी थियो ।
एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको भन्दै उनले न्यायाधीशमाथि समेत आक्रोश पोखे । उनले भने, ‘देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’











