Logo
Logo

अर्थ मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई


693
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हाल्ने भएका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं मातहत राखेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्