Logo
Logo

खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध


441
Shares

राष्ट्रसङ्घीय फोरममा धारणा राख्दै स्थायी नियोग प्रमुख अमृतबहादुर राई । तस्बिरः राईकाे ट्वीटर

काठमाडौं । नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कट सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाई खोपको उत्पादन र वितरणमासमेत सहजता अपनाउन अनुरोध गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा बुधबार ‘अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत’ विषयक सत्रमा स्थायी नियोग प्रमुख अमृतबहादुर राईले नेपालको धारणा राखेका थिए ।

‘हामी अन्तर्राष्ट्रिय समुदायले भ्याक्सिनको उपलब्धता विस्तार गरेको विषयलाई प्रशंसा गर्छौं । साथै भ्याक्सिनलाई अन्तर्राष्ट्रिय सार्वजनिक वस्तुको रुपमा सहज पहुँच होस् भन्ने आह्वान गर्न चाहन्छौँ,’ सम्बोधनमा उनले भने, ‘हामी हाम्रा दातृ साझेदारलाई साझेदारीमा बढोत्तरी गर्न र प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछौँ ।’

विभिन्न प्रतिवेदनमा यस वर्ष विश्वभर करिब १० करोड मानिस गरिबीको चरम सङ्कट झेल्न विवश हुने र त्यसमध्ये अधिकांश अल्पविकसित देशका हुने रिपोर्ट सार्वजनिक भएको छ । यसलाई चिन्ताका रुपमा लिन उनले अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरे ।

खाद्य, इन्धन र जलवायु परिवर्तनको सङ्कटको सामना गर्न सहकार्य गर्दै अगाडि बढ्न र दिगो विकासका लक्ष्य हासिल गर्नका लागि अझ सहकार्यको खाँचो रहेकोसमेत नेपालको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्