
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
आजको बैठकमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो । अब बैठकमा पेश भएका विभिन्न एजेन्डामाथि छलफल हुने भएको छ ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले प्रश्न उठाएका थिए ।














