Logo
Logo

छानविन प्रतिवेदन किन रोकियो ?


5.2k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारीले गरेका भ्रष्टाचार छानविन गर्न पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजत्वमा तीन सदस्यीय समिति बनेको दुई साता वितिसक्यो ।

पर्यटन मन्त्रालयको स्रोत अनुसार मन्त्रालयले अधिकारीसँग दुई पटक सोधेको जवाफ चित्त नबुझेपछि उनलाई निलम्बन गरेर कारबाही गर्न छानविन समिति गठन गरिएको हो ।

उक्त समितिले एयरबस–३३० को इन्जिन मर्मत गर्न टर्कीको एउटा कम्पनीसँग सम्झौता गर्दा अनियमितता भेटेको छ ।
त्यसैगरी, इजरायलको एउटा कम्पनीलाई जहाज रिपेयरिङ गर्न दिएको सम्झौतामा पनि ठूलो घोटला भएको प्रमाण फेला पारेको छ । स्रोतका अनुसार पेसेन्जर सर्भिस सिष्टम (पीएसएस)को सम्झौताबाट पनि अधिकारीले मोटो रकम कमिशन खाएको पुष्टि भएको छ ।

सबै प्रमाण जुटाएर अधिकारीमाथि कारबाही गर्न प्रतिवेदन तयार भएको एक साता वितिसक्दा पनि उक्त प्रतिवेदन अहिलेसम्म मन्त्रिपरिषदमा बुझाइएको छैन ।

अधिकारी निलम्बनमा पर्ना साथ मन्त्री परिवर्तन भएकाले प्रतिवेदन बुझाउन ढिलो भएको मन्त्रालय स्रोतले जनाएको छ ।
यसैबीच, निलम्बित अधिकारी भ्रष्टाचारबाट जोगिन अदालतको शरणमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्