काठमाडौं । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् ।
मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा सचिवको उपस्थिति भएको जानकारी गराए । उनले भने, ‘ ‘सञ्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ ।’

जनार्दनले राजीनामा दिइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै मरासिनीलाई काममा फर्किन आग्रह गरेका थिए । त्यसपछि मरासिनी काममा फर्किएका हुन् ।
अर्थमन्त्रीबाट शर्माले राजीनामा नदिएसम्म बिदामा बस्ने भन्दै मरासिनीले दुई दिनअघि प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । शर्माले बुधबार राजीनामा दिएका थिए ।














