Logo
Logo

निगमको कार्यकारी अध्यक्षमा युवराजलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश


441
Shares

काठमाडौं । वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकको रूपमा कामकाज गर्न रोक लगाउँदै सर्वोच्चले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन अल्पकालीन आदेश गरेको हो । अर्को छलफलसम्मका लागि सर्वोच्चले यस्तो अल्पकालीन आदेश जारी गरेको हो ।

सरकारले असार ६ गते अधिकारीलाई निलम्बन गर्ने निर्णय मन्त्रिपरिषदवाट गरेको थियो । त्यसपछि सरकारले आफूलाई पदावधि नसकिँदै हटाएको भन्दै अधिकारी सर्वोच्च पुगेका थिए ।

तत्कालीन सरकारले अधिकारीलाई चार वर्षका लागि नियुक्ति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्