Logo
Logo

जनताप्रति उत्तरदायी भएर काम गर्नुहोस् : उपसभापति पूर्णबहादुर खड्का


504
Shares

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनका बेला मतदाताले गरेका अपेक्षाहरु पूरा गर्न तथा जनतासामु गरिएका प्रतिबद्धता पूरा हुने गरी अगाडि बढ्न सुझाव दिएका हुन् ।

“नेपाली कांग्रेसले तयार पारेको घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई पूरा गर्ने गरी जनप्रतिनिधि लाग्नुहोस्”, उनले भने, “पार्टीको आधिकारिक घोषणापत्रअनुसार अगाडि बढेको खण्डमा जनताको विश्वासनीयता पार्टीप्रति बढ्दै गई पार्टी बलियो हुँदै जानेछ ।”

प्रतिक्रिया दिनुहोस्