Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

माओवादीको पदाधिकारी विवाददेखि बेलायती प्रधानमन्त्रीको राजीनासम्म


630
Shares

१. नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्यको बैठक सम्पन्न, ४१ सदस्यीय स्थायी कमिटी गठन, १५ पूर्व स्थायी कमिटी सदस्यतालाई निरन्तरता, पोलिटब्युरो सदस्यमा १५६ जना रहने, पदाधिकारीको टुंगो लागेन, पदाधिकारी टुंग्याउन अध्यक्ष प्रचण्डद्वारा समय माग, छिट्टै पदाधिकारी टुंग्याउने भनाइ ।


२. वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश, दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकका रूपमा कामकाज गर्न रोक, असार २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाइयो, अदालतले न्याय र अन्याय हेरेको अधिकारीको प्रतिक्रिया ।


३. बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ औषधि विक्री वितरणमा रोक, विभिन्न नकारात्मक असर देखिकाले विक्री वितरणमा रोक लगाइएको औषधि व्यवस्था विभागको भनाइ, गुणस्तर तथा सुरक्षित र प्रभावकारिता बारेमा एकिन नहुने हुँदा विक्री वितरण नगर्न, नगराउन र प्रयोग नगर्न आग्रह ।


४. बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान सम्पन्न, मतपेटिका उठाउने क्रममा कांग्रेस कार्यकर्ताद्वारा ढुंगामुढा प्रहार, प्रहरीद्वारा हवाई फायर, मतपेटिकाहरू नगरपालिका र्पुयाइयो, वडा नम्बर नौको त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप ।

५. मन्त्रीलाई कामको विवरण उपलब्ध गराउन नेकपा माओवादीका अध्यक्ष प्रचण्डको निर्देशन, माओवादीका तर्फबाट महत्वपूर्ण काम भएको भए पनि त्यसको प्रचार–प्रसार हुन नसकेमा चिन्ता व्यक्त, देश र जनताको पक्षमा इमान्दार भएर काम गर्न आग्रह ।


६. चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने, राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीको नेताहरुलाई भेट्ने, नेपालमा कम्युनिस्ट पार्टीहरुबीच एकताको लागि सदासयता व्यक्त गर्ने र कांग्रेससँग सम्बन्ध सुधार गर्ने रणनीति ।


७. यातायातका साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान सुरु, विभिन्न लेख रचनाले चालकको ध्यान मोडिएर दुर्घटना निम्त्याउने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ, अश्लील र द्विअर्थी लेखले सामाजिक र मानसिकरूपमा हिंसा र विकृति बढाउने र सडक सभ्यतामा पनि आँच पु¥याउने ट्राफिक प्रहरीको निष्कर्ष ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६.६० अंकले घटेर दुई हजार २७.३२ मा झर्यो, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.४२ अंकले ओरालो लागेर ३८५.४९ मा कायम, २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता शेयर एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ रुपैयाँमा खरिद बिक्री, १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको कारोबार मात्रै उकालो लाग्यो ।


९. विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा, अब सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्ने, चीनबाट ‘ठूलो खतरा’ रहेको बेलायत र अमेरिकी गुप्तचर निकायको चेतावनी, श्रीलङ्काले मुद्रास्फीतिको सामना गर्न प्रमुख दरलाई २१ वर्षकै उच्च पु¥यायो, चिनियाँ उप प्रधानमन्त्री लिउ ह र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच वार्ता ।


१०. एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग नेपालले लज्जास्पद हार, नेपाल ८३ रनले पराजित, महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे खेलकुदमन्त्री महेश्वर गहतराजद्वारा जानकारी, उपचारमा सघाउने आश्वासन ।

प्रतिक्रिया दिनुहोस्