Logo
Logo

बाबुराम र वामदेवसँग एउटै घोषणापत्र बनाएर निर्वाचनमा जान्छौँ : वर्षमान पुन


1.1k
Shares

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेकपा (एकीकृत समाजवादी)बीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको बताए ।

त्यस्तै, उनले एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति आफूहरुबीच भइसकेको बताए । पुनले भने, ‘परिस्थितिले हामी अलग भएका छौं । तर फेरि पनि हामी वामशक्तिहरु एक ठाउँमा आउनुपर्छ । यसमा सबभन्दा राजनीति मिल्नेहरु भनेको माओवादी र समाजवादी नै हो ।’

उपमहासचिव पुनले ड़ा. बाबुराम भट्टराई र वामदेव गौतमसँग पनि एउटै घोषणापत्र बनाएर निर्वाचनमा जानेबारे छलफल चलेको जानकारी दिए । सकेसम्म एउटै घोषापत्र बनाएर जाने कुरा भइहरको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्