
काठमाडौं । हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक(दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।














