Logo
Logo

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै


756
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ।

एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो।

गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते प्रमाणपत्र पाएको थियो।

आज दिउँसो १ बजे बानेश्वरस्थित एक ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्