काठमाडौं । कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउने सुरु गरेको छ । काठमाडौं महानगरले धमाधम अवेध संरचना भत्काइरहेको छ । यसैबेला कीतिपुरका मेयर राजकुमार नकर्मीले पनि नक्सा पासबिनाका संरचना भत्काउन थालेका हुन् ।

मेयर राजकुमार नकर्मीले वडा नं १० स्थित नयाँ बजारमा नक्सा पास नभएका संरचनाहरु भत्काइएको बताए । उनले नक्सा पासबिनै पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएको बताएका छन् ।
बिहीबारदेखि अवैध संरचना भत्काउन सुरु गरेको नगरपालिकाले यस कार्यलाई अभियानकै रुपमा अगाडि बढाउने जनाएको छ । मेयर नकर्मीले भने, ‘हामीले अब नक्सापासबिनै तयार भएका संरचना हटाउन लाग्नेछौँ ।’
स्थानीयबासीले नगर प्रमुखको उक्त कदमको प्रशंसा गरेका छन् । बालेनभन्दा कम नभएको बभन्दै उनीहरुले यसअघि कसैले गर्न नसकेको काम नगरप्रमुख नकर्मीले गरेको बताएका छन् ।











