Logo
Logo

एकीकृत समाजवादी इलामद्वारा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस


8.6k
Shares

इलाम । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी इलामले जिल्लाको सबै निर्वाचन क्षेत्रको उम्मेदवारको नामावली सिफारिस गरेको छ ।

एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले जिल्लाको प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ क्षेत्र–१ मा पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल र क्षेत्र–२ मा युवा संघका उपमहासचिव एवं प्रवक्ता सन्जिप राईलाई सिफारिस गरेको छ ।

यस्तै, प्रदेशसभा क्षेत्र-१ (क, ख)का लागि जिल्ला अध्यक्ष भक्त केसी, खिनु लङुवा, जितबहादुर राई, बृहस्पति खतिवडा, साबित्रा गर्तौला र क्षेत्र-२ (क,ख)का लागि हरि वाला, प्रमिला बस्नेत, सन्जिप राई, सोम शर्मा, हर्क साम्बा लगायतको नाम सिफारिस गरिएको जिल्ला सचिवालय सदस्य हेमराज लिम्बुले बताए ।

प्रतिक्रिया दिनुहोस्