
काठमाडौं । आज देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ । जसको प्रभावले गण्डकी र लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।
जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमा शाखाका अनुसार आज प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातमा भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।











