
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम-१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् ।
मंसिर ४ गते हुन गईरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम-२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ ।
प्रदेशसभा निर्वाचनका लागि प्रदेश-१ को क र खका लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वाला लगायतलाई भने क्षेत्र नम्बर-२ क र ख का लागि नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ ।











