Logo
Logo

धरानका मेयर साम्पाङको वृक्षारोपण अभियानमा सहभागी हुँदै प्रचण्ड


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान उपमहानगरका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् ।

शुक्रबार बिहान विराटनगरतर्फ लागेका प्रचण्ड विराटनगरमा हुने पार्टीको प्रदेश १ को कार्यक्रममा सहभागीपछि धरान जाने कार्यक्रम रहेको छ ।

जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान जाने कार्यक्रम रहेको छ । सोही अवसरमा धरानका मेयर साम्पाङले चलाएको वृक्षारोपण कार्यक्रम प्रचण्ड सहभागी हुने भएका हुन् ।

धराका उपमेयर आइन्द्रविक्रम बेघाले शुक्रबार सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा प्रचण्ड सहभागी हुने बताएका छन् । उपमेयर बेघाले भने, ‘वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्