Logo
Logo

महाअभियोग समितिद्वारा राणाविरूद्ध लागेका आरोपहरुको प्रमाण माग


693
Shares

काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध लागेका आरोपको प्रमाणहरू माग गरेको छ ।

शुक्रबार समितिको सचिवालयले एक सार्वजनिक सूचना जारी गरि तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला, सम्बन्धीत व्यक्ति र निकायलाई आग्रह गरेको हो ।

समितिको ८ भदौको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँग प्रमाण, कागजात माग गर्ने निर्णय गरेको थियो ।

राणविरुद्धको महाअभियोग प्रस्ताव अहिले प्रतिनिधिसभाबाट गठित सिफारिस समितिमा पुगेको छ । समितिले काम अघि बढाएको छ । यही भदौ १५ गते चोलेन्द्रसँग सोधपुछ गर्ने मिति तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्