Logo
Logo

माओवादीले गर्नुपर्ने काम हर्कले गरिरहेको छ : प्रचण्ड


756
Shares

धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङले सुरु गरेको विरुवारोपण कार्यक्रममा सहभागी माओवादीले गर्नुपर्ने काम हर्कले गरेको बताएका छन् ।

विरुवा रोपेपछि प्रचण्डले भने, ‘सिँगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ । हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नुपर्ने काम उहाँले गरिराख्नु भएको छ ।’

आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत उनले आग्रह गरे । ‘म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहार र आचरणबाट प्रेरणा लिन अनुरोध गर्न चाहान्छु ।’

विरुवारोपण कार्यक्रममा धरानका मेयर हर्क, उपमेयर अइन्द्र बिक्रम बेघा लगायतको सहभागिता रहेको थियो । जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आज आयोजना हुन लागेका कार्यक्रममा सहभागी हुन प्रचण्ड आजै धरान आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्