Logo
Logo

राहदानी विभागले खोल्यो पार्किङ


756
Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ सेवाग्राहीका लागि खुला गरिएको छ । विभागले शुक्रबार सूचना प्रकाशित गरी आगामी आइतबार (भदौ १२) देखि पार्किङ खुला गरिने जानकारी गराएको हो ।

शुक्रबार विहान महानगर टोलीले सो क्षेत्रको अनुगमन गरी पार्किङ खुल्ला गर्न आग्रह गरी कुर्ची हटाएको थियो । काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वमा पुगेको टोलीले विभागले अटेरी गरेपछि पार्किङमा राखिएका कुर्सीसहितका सामान हटाएर खाली गरेको हो ।

त्यसक्रममा राहदानी विभागमा महानिर्देशक सुरेन्द्र कुमार यादवले मानवीय सहायताका लागि बेसमेन्टमा कुर्सी राखिएको तर्क गरेका थिए ।

तर पार्किङको स्थान अरु कामका लागि प्रयोग गरिँदा हजारौँ सेवाग्राहीका सवारीसाधन सडकमै राखिँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको थियो ।

काठमाडौं महानगरले अवैध रुपमा बनाइएका संरचना भत्काउन ३५ दिने सूचना प्रकाशित गरी डोजर चलाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्