काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु नौ समूहमा विभाजन भएर छलफल हुने भएको छ ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन पेश गरेको र त्यसमा समूह विभाजनमार्फत शनिबारको बैठकमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा छलफलका लागि सातवटा एजेण्डा तय भएकोमा त्यसमध्येका अधिकांशमा छलफल र निर्णय भएको छ । त्यसमा पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्षले आआफ्ना प्रतिवेदन पेश गरेका छन् ।











