Logo
Logo

एमाले बैठक : उम्मेदवारको मापदण्ड भोलि


567
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका मापदण्ड र प्रक्रिया छनोटबारे शनिबार गर्ने भएको छ ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनबारे जानकारी गराएको छ ।

त्यस्तै बैठकले विभिन्न पार्टी कामका लागि संगठन विभागका प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु नौ समूहमा विभाजन भएर छलफल हुने भएको छ ।

बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन पेश गरेको र त्यसमा समूह विभाजनमार्फत शनिबारको बैठकमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्