Logo
Logo

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीले उद्घाटन गर्दै


630
Shares

बुटवल । रुपन्देहीको बुटवलमा एक अर्ब ११ करोड रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ ।

केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताको पनि उपस्थिति रहने छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल–१० रामनगरस्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र बनेको छ ।

सम्मेलन केन्द्रमा १ हजार १ सय क्षमताको मुख्य हल र अन्य १२ वटा साना हल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्