Logo

ग्लोबल आइएमई बैंकको सेवा बिहान ८ देखि बेलुका ८ सम्म खुला


Published On : 11 August, 2019

काठमाडौं । ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सञ्चालन गरेको छ ।

आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहनेछ । बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा शनिबार र अन्य बिदाको दिनबाहेक हप्तामा ६ दिन नै खुला रहने बैंकले जनाएको छ । शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्