Logo
Logo

ग्लोबल आइएमईको क्रेडिट कार्डका लागि अब अनलाइनमार्फतै आवेदन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणालीमार्पmत भर्न सक्ने व्यवस्था गरेको छ । यसका साथै ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइट www.globalimebank.com मा गई आवेदन दिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले समयसापेक्ष रुपमा यस्ता प्रविधिह मार्पmत ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस्तो प्रकारको योजनाहरु ल्याउने गरिरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा प्रदान गर्नुका साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १४० शाखा, १४८ एटिएम, ३० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८१ शाखारहित बैंकिङ सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्