Logo
Logo

अर्यालको चीन पोष्टिङ रोकियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दबाबमा बेइजिङस्थित नेपाली दूतावासको महावाणिज्यदूतमा सिफारिस कनिष्ट सहसचिव नीता अर्यालको बेइजिङस्थित नेपाली दूतावासको महावाणिज्यदूत नियुक्ति नहुने भएको छ । चीनविरोधी गतिविधिमा संलग्न भएको भनेर सञ्चारमाध्यममा समाचार आएपछि उक्त घटनालाई बेइजिङले समेत गम्भीरतापूर्वक लिएको सूत्रको भनाइ छ ।

परराष्ट्र मन्त्रालय सूत्रका अनुसार सहसचिव अर्यालको अब चीनको कुनै पनि ठाउँमा सरुवा हुने सम्भावना छैन । सहसचिव अर्यालभन्दा योग्य र अनुभवी सहसचिवको संख्या धेरै भए पनि मन्त्री ज्ञवालीले आफ्नो जिल्लावासीको नाताले उनलाई महावाणिज्यदूतमा सिफारिस गरेका हुन् । उनको सिफारिसलाई लिएर प्रधानमन्त्रीको सचिवालयमा पनि विवाद भएको थियो । प्रधानमन्त्रीको सचिवालयले वरिष्ठ अनुभवी सहसचिवलाई महावाणिज्यदूत बनाउने सुझाव प्रधानमन्त्री केपी ओलीलाई दिएका थिए । तर, मन्त्री ज्ञवालीले मरिहत्ते गरेपछि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उनको सिफारिस गर्न बाध्य भएका थिए ।

पर्यटन मन्त्रालयको पूर्वाधार महाशाखा प्रमुख अर्यालसँग दिवंगत मन्त्री रवीन्द्र अधिकारी पनि सन्तुष्ट थिएनन् । अर्यालकै कारण एशियाली विकास बैंकका काठमाडौँस्थित कर्मचारी पनि रुष्ट छन् । उनका कारण प्रधानमन्त्री ओलीले शुभारम्भ गरेका पाँचवटा बिजुली बस अलपत्र परेको छ । जुन घटनाले प्रधानमन्त्रीको समेत बेइज्जत भएको छ । प्रधानमन्त्रीलाई गलत ब्रिफिङ गर्दा तत्कालीन सचिव कृष्ण देवकोटाको सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्