Logo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता


Published On : 14 August, 2019

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा र बिज्ञान प्रविधि सचिवसँग ‘कार्यसम्पादन सम्झौता’ गरेका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच मन्त्री पोखरेलले शिक्षासचिव खगराज बराल र बिज्ञान प्रविधि सचिव कृष्णराज बिसीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेललगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् ।

‘कार्यसम्पादन सम्झौता’ गर्दै मन्त्री पोखरेलले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्यपालनामा सघाउ पु¥याउने बताए । उनले समयसीमाभित्रै सरकारले राखेको लक्ष्य हासिल हुने र परिणाम देखिने गरी काम गर्न निर्देशन पनि दिए । मन्त्री पोखरेलले आर्थिक वर्षको अन्त्यमा मात्रै काम गर्ने परिपाटीको अन्त्य गरी बजेटअनुसार तत्काल काम गर्न निर्देशन दिए । उनले जनताप्रति उत्तरदायी भएर जनमुखी काम गर्नुपर्ने बताउँदै छोटो समयमा नतिजा दिने गरी काम गर्न मन्त्री पोखरेलले निर्देशन पनि दिए । कार्यसम्पादन सम्झौता ‘प्रक्रिया’ को रुपमा मात्रै नबुझ्न उनले चेतावनी दिए । सम्झौताअनुसार काम गरेर देखाउनुपर्ने दायित्व थपिएको उनले प्रष्ट पारेका छन् ।

‘कार्यसम्पादन सम्झौता’ पछि सचिवद्धय बराल र बिसिले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई उँचो राख्न उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

सचिवद्वयले पनि आफ्ना मातहतका निकाय, विभाग, महाशाखा र शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेििछ मन्त्रालयको कामलाई व्यवस्थित रूपमा सम्पन्न गर्न मन्त्री पोखरेलले सचिवदेखि अधिकृतस्तरका कर्मचारीसँग सम्झौता गर्ने योजना बनाएका हुन् ।

एक वर्षभित्र गर्ने कामको विषयमा समय र मिति उल्लेख गरी कार्यसम्पादन सम्झौता गरिएको छ । सम्झौतामा कसले के काम गर्ने, कति महिनाभित्र गर्ने र कस्ता कामलाई विशेष प्राथमिकतामा राख्ने भन्ने विषय उल्लेख छन् । सम्झौतापछि सबैले कार्यतालिकाअनुसार काम गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । सम्झौताअनुसार काम भए÷नभएको सम्बन्धमा मन्त्री पोखरेलले सबै निकायका प्रमुखसँग चौमासिक बैठकमा जानकारी लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्