Logo
Logo

उत्कृष्ट र अब्बल बन्दै रोटरी क्लब


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । किरणलाल श्रेष्ठ रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्टिक गभर्नर चयन भएलगत्तै देशभरिका १२० रोटरी क्लबहरुको सक्रियता बढेको छ । श्रेष्ठलाई पूर्वडिष्ट्रिक गभर्नरहरुको पूर्ण साथ र सहयोग भएका कारण रोटरी क्लबका सदस्यहरुमा उत्साह जागेको छ । रोटरी क्लब समुदायका बीच सहकार्य गर्दै सेवामा जुट्ने संस्था भएकोले हरेक रोटरी क्लब पारदर्शिता, मित्रभाव र अनुशासित हुनुपर्ने कुरामा डिस्ट्रिक गभर्नर श्रेष्ठले जोड दिँदै आएका छन् ।

खासगरी यसबीचमा रोटरी क्लबले देशभरि राम्रो काम गरेको भए पनि त्यसले प्रचार नपाएकोमा रोटरियनहरु चिन्तित बनेका छन् । राम्रो कामले नै क्लबको इमेज दिने हुँदा कामसँगसँगै प्रचारको पनि आवश्यकता पर्छ । एक समय थियो, काम गर्ने तर प्रचार नगर्ने । अब समय बदलिएको छ । हरेक मानिस सूचना सञ्जालमा जोडिएका छन् । त्यसैले रोटरीको इमेजलाई पब्लिकको बीच पु¥याउनु पनि रोटरीको कर्तव्य बन्दै आएको छ । विश्वमा ‘पोलियो’ थोपा खुवाएर चर्चामा आएको रोटरीलाई अब नेपालमा हामीले स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा रचनात्मक काम गरेर चर्चाको शिखरमा पु¥याउनुपर्ने अध्यक्ष श्रेष्ठ बताउँछन् । हुन त स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा रोटरीले काम नगरेको होइन, तर त्यो पर्याप्त छैन । रोटरीले सुरु गरेका परियोजनालाई निरन्तरता दियो भने मात्र त्यो परिणाममुखी हुनेछ । त्यसप्रति रोटरी क्लब गम्भीर बन्नैपर्छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने भनेकै समुदायमा आवश्यकताको आधारमा परियोजना पु¥याउनु हो, रोटरी अध्यक्ष श्रेष्ठ बताउँछन् ।

यसै क्रममा गत शनिबार रोटरी क्लब अफ काठमाडौँ वेष्टको संयोजनमा होटल ग्राण्ड कालिमाटीमा ‘क्लब अफिसर्स ट्रेनिङ सेमिनार’ सम्पन्न भयो । उक्त सेमिनारमा रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ न्यूरोड सिटी, रोटरी क्लब अफ स्वयम्भू र रोटरी क्लब अफ मातृभूमि बालुवाटारको संयुक्त सहभागिता थियो ।

उक्त सेमिनारमा एजी अनिल श्रेष्ठले सेमिनारको महत्वमाथि प्रकाश पारेका थिए । डीएमसी राजेन्द्र शाक्यले रोटरी क्लबका सदस्यहरुको जिम्मेवारीका बारेमा चर्चा गर्दै क्लबको गतिशीलता, क्लबको सदस्यहरुको क्रियाशीलतामा भर पर्ने बताउँदै हरेक क्लबका सदस्यहरुले ‘म रोटरियन हुँ, मैले रोटरी क्लबको गरिमालाई उँचो बनाउनुपर्छ’ भनेर सोच्नुपर्ने बताए । रोटरी क्लब अफ बुटवलका राजेन्द्र लम्सालले रोटरी क्लबको हिसाबकिताबलाई कसरी पारदर्शी बनाउने भन्ने विषयमा चर्चा गर्दै धेरै क्लबहरुमा हिसाबकिताब पारदर्शी नहुने भएकोले विवाद उठ्ने हुँदा रोटरी क्लब त्यस्तो रोगबाट मुक्त हुनुपर्ने बताए । रोटरियन लम्सालले रोटरी क्लबमा सचिव, कोषाध्यक्षको जिम्मेवारीका विषयमा प्रशिक्षण दिएका थिए ।

रोटरी क्लबका डिस्ट्रिक ट्रेनर जितेन्द्रबहादुर राजभण्डारीले रोटरी क्लबको इतिहास, त्यसको अन्तर्राष्ट्रिय महत्व र हाम्रो दायित्वको विषयमा प्रशिक्षण दिएका थिए । अर्का रिजनल ट्रेनर सुनिलरत्न तुलाधरले हरेक रोटरियनहरुले आफ्नो व्यक्तित्व विकास कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै हरेक रोटरियनहरुको व्यक्तित्वको प्रभाव रोटरी क्लबको ‘इमेज’सँग जोडिने भएकोले रोटरीका सदस्यहरुले जहिले पनि उत्कृष्ट काम गरेर आफू र आफ्नो क्लबलाई समाजमा स्थापित गर्नुपर्ने बताए ।

पिडीजी सञ्जय गिरीले एक्लो प्रयासले मात्रै सिंगो संस्था हाँक्न नसकिने हुँदा, सिंगो संस्था हाँक्न सिंगो रोटरियनहरु सक्रिय हुनुपर्ने बताए । नेपालमा पनि रोटरी क्लबले धेरै राम्रा कामहरु गरेको बताउँदै, ती कामहरु सफल हुनुको पछाडि पनि रोटरियनहरुको सक्रियता नै हो भने । पिडीजी गिरीको प्रस्तुति निकै रोचक र ज्ञानवद्र्धक थियो । उनले हरेक रोटरियनहरुमा आ–आफ्नै खालको प्रतिभा भएकोले रोटरी क्लबको ऊर्जामा ती प्रतिभा परिणत गर्न रोटरियनहरुलाई उत्प्रेरित गरे । परिवर्तनशील विश्वका धेरै उदाहरणहरु प्रस्तुत गर्दै ती सबै परिवर्तनहरु मानिसको प्रयासबाटै सम्भव भएकोले हामीले पनि त्यस्तै परिवर्तन गरेर देखाउनुपर्ने बताए । सेमिनारको अध्यक्षता रोटरी क्लब अफ काठमाडौँ वेष्टको अध्यक्ष दिग्विजय विष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्