Logo
Logo

रविलाई फसाउन खोजिएकै हो त ?


- दृष्टि न्युज/संवाददाता


चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने यतिबेला चितवन प्रहरीको थुनुवा कक्षमा छन् । न्युज २४ टेलिभिजनमा उनी आफैँले चलाउने ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका पूर्वसहकर्मी पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानको क्रममा उनी पक्राउ परेका हुन् । आत्महत्यापूर्व पुडासैनीले भिडियो रेकर्डमा रविसँगै पूर्वसहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीले बारम्बार दिएको ‘टर्चर’का कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । एक वर्षअघिसम्म मुलुकमा आत्महत्या दुरुत्साहनसम्बन्धी कानुन थिएन । गत वर्षको भदौ १ गतेदेखि कार्यान्वयनमा आएको सोही कानुनलाई टेकेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यति भन्दै गर्दा, पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो कसरी बाहिरियो भन्ने विषयले गम्भीर अनुसन्धान माग गर्दछ । प्रहरीको नियन्त्रणमा पुगेको मोवाइल फोनमा रहेको भिडियो बाहिरिनुले अनुसन्धानमाथि गम्भीर प्रश्न उठाएको छ । पुडासैनी आफैँले भिडियो बनाइसकेपछि आत्महत्यापूर्व आफन्त वा कोही कसैलाई उक्त भिडियो पठाएको रहेछ भने पनि बरामद मोवाइलबाट त्यो खुल्न सक्छ । तर, प्रहरीले अहिलेसम्म यसको जवाफ दिएको छैन । बाहिरिएको भिडियो नै आफूहरूसँग रहेको भिडियो हो वा अन्य भिडियो हो भन्ने पनि प्रहरीले खुलाएको छैन । यति चर्चित मुद्दा र यति धेरै मान्छेले चासो राखेको विषयमा प्रहरीको मौनता आश्चर्यजनक छ ।

पाँच दिन म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले आज मंगलबार तीनैजनालाई चितवन जिल्ला अदालतमा पेश गर्नुपर्नेछ । अनुसन्धान पूरा भइसकेको भए प्रहरीले सरकारी वकिलमार्फत अदालतमा मुद्दा दर्ता गराउनेछ । त्यसक्रममा थुनछेक बहस हुनेछ । अनुसन्धान पूरा नभएको भए प्रहरीले थप हिरासतमा राख्ने अनुमति माग्नेछ । अदालतको आगामी आदेश कस्तो आउने हो, त्यो मंगलबार अपराह्नसम्ममा सार्वजनिक हुनेछ । तर, यतिबेला यो प्रकरणमा चौतर्फी चासो देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू स्पष्ट रूपमा दुईध्रुबमा बाँडिएका छन् । एकथरि रविको देवत्वकरण गरिरहेका छन् भने अर्काथरि राक्षसीकरण गर्न व्यस्त छन् । यसका साथै, रविलाई बिनाशर्त रिहाइको माग गर्दै चितवनमा लगातार प्रदर्शन भइरहेका छन् । यी दुवै अतिको चपेटामा यो प्रकरण परेको देखिन्छ ।

आत्महत्या गरेका पुडासैनी पनि पत्रकार थिए । दुरुत्साहनको अभियोग लागेका रवि झन टेलिभिजनका चर्चित प्रस्तोता नै हुन् । त्यसैले पनि यो प्रकरणमा सर्वसाधारणको चासो जोडिएको छ । तर, प्रहरीले अनुसन्धानको प्रक्रिया थालिसकेको र अदालतसम्म पुगिसकेकाले न्यायिक प्रक्रियामा विश्वास गरी राज्यका संयन्त्रहरूलाई आआफ्नो काम गर्न दिनुपर्दछ । सडकबाटै सबै कुराको फैसला गर्न खोजियो भने कञ्चनपुरकी अबोध बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाका दोषीले उन्मुक्ति पाएजस्तै अवस्था यो प्रकरणमा पनि नहोला भन्न सकिँदैन ।

तर, यति भन्दै गर्दा, पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो कसरी बाहिरियो भन्ने विषयले गम्भीर अनुसन्धान माग गर्दछ । प्रहरीको नियन्त्रणमा पुगेको मोवाइल फोनमा रहेको भिडियो बाहिरिनुले अनुसन्धानमाथि गम्भीर प्रश्न उठाएको छ । पुडासैनी आफैँले भिडियो बनाइसकेपछि आत्महत्यापूर्व आफन्त वा कोही कसैलाई उक्त भिडियो पठाएको रहेछ भने पनि बरामद मोवाइलबाट त्यो खुल्न सक्छ । तर, प्रहरीले अहिलेसम्म यसको जवाफ दिएको छैन । बाहिरिएको भिडियो नै आफूहरूसँग रहेको भिडियो हो वा अन्य भिडियो हो भन्ने पनि प्रहरीले खुलाएको छैन । यति चर्चित मुद्दा र यति धेरै मान्छेले चासो राखेको विषयमा प्रहरीको मौनता आश्चर्यजनक छ । यसले प्रहरीमाथिको विश्वसनियतामाथि प्रश्न उठाउन सर्वसाधारण बाध्य भइरहेका छन् । त्यसैले प्रहरीले भिडियो सार्वजनिक भएको विषयको गम्भीर छानबिन गरी यसमा संलग्नलाई सार्वजनिक गर्नुपर्दछ । किनभने, उक्त भिडियो सार्वजनिक गर्नेहरुको नियत रवि लामिछानेलाई हत्याकाण्डमा फसाउने देखिन्छ । अहिलेको विवाद पनि रवि पक्राउ परेसँगसँगै उक्त भिडियो कसले, किन, केका लागि सार्वजनिक गरे भन्ने प्रश्न उठेको छ । यदि यसमा प्रहरीको संलगनता देखिएको खण्डमा प्रहरी स्वयं नियोजित ढंगबाट रवि लामिछानेलाई फसाउन यत्रो नाटक गरेको रहस्य खुल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्