Logo
Logo

बालबालिकालाई अघि बढाउन नसके समाज अघि बढ्दैन : राज्यमन्त्री चौधरी


- दृष्टि न्युज/संवाददाता


इटहरी । इटहरीको १८ नम्वर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक समारोहका बीच बालमैत्री वडा घोषणा गरेका हुन् । वडा नम्वर १८ वालमैत्री वडा घोषणा हुने इटहरीकै पहिलो वडा हो ।


घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले बालबालिकालाई अघि वढाउन नसके समाज अघि बढ्न नसक्ने बताए । १८ नम्वर वडा इटहरीकै पहिलो वालमैत्री वडा भएकोमा उनले बधाई दिए । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८ बाट सुरु भएको बालमैत्री घोषणा अभियानलाई सवै वडामा पुरयाएर बालमैत्री उपमहानगर घोषणा गरिने बताए ।

सामाजिक विकास तथा स्वास्थ्यमहाशाखा प्रमुख भोजकला दवाडीले बालबालिकाका लागि गरिएको लगानीले सुनौलो विहानी ल्याउने बताए । वडानम्वर १८ का वडाध्यक्ष रामकुमार चौधरीले ३९ वटा सूचक पूरा गरेर वालमैत्री वडा घोषणा गरिएको जानकारी दिए । घोषणा गरेर मात्र नभई कार्यावन्यनका लागि लागि पर्ने उनको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्