Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । विशेष साधारणसभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको सभापतित्वमा सम्पन्न सो विशेष साधारणसभामा अध्यक्ष गुरुङले प्रस्ताब प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनीमार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने विचार ब्यक्त गरे । विशेष साधारणसभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, ऊर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले राखेको जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष गुरुङले जवाफ दिएका थिए ।

सो विशेष साधारणसभामा बैंकका सञ्चालक समितिका सदस्य रवीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारीधि सिग्देल, अर्जुनबहादुर अधिकारी, डा.माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपककार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी तथा बैंकभित्र क्रियाशील तीनवटै ट्रेड यूनियनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । विशेष साधारणसभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २२२ शाखा कार्यालय, १७८ एटिएम, ९३ शाखारहित बैंकिङ सेवा रहेको छ । चालू आव २०७५÷७६ को चौथो त्रैयमाससम्म बैंकले १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्