Logo
Logo

तेस्रो लिंगीद्वारा जवर्जस्ती करणी र अंश मुद्दा दर्ता


- दृष्टि न्युज/संवाददाता


धनगढी, ३ भदौं । दुई वर्ष पहिले बैवाहिक जीवनमा बाँधिएकी तेस्रो लिंगी मोनिका शाही (नाथ) ले आफ्ना श्रीमान रमेश नाथविरुद्ध जवर्जस्ती करणी (वैवाहिक करणी)का साथै अंश मुद्दा दिएकी छिन् । मोनिकाले उनका श्रीमान डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडानम्बर १२ कैलपालका रमेश नाथका विरुद्ध २०७६ साउन २१ गतेका दिन जिल्ला प्रहरी कार्यालय कैलालीले जर्वजस्ती करणी मुद्दा दिएको बताएकी छिन् ।

उनले आफ्ना श्रीमान रमेश नाथले घरमा अर्की श्रमती हुँदाहुँदै ललाई फकाई बिहे गरेको, विहे गरेको दुई वर्षपछि शारीरिक र मानसिक यातना दिने गरेको, कुटपिट गर्ने र जवर्जस्ती अप्राकृति यौन सम्पर्क गर्ने (मुख मैथुन, मलद्धार, कान, नाकमा) गर्ने र नगरेको खण्डमा कुटपटि गर्ने गरेकाले आफूले अंशसहितको डिभोर्स र बैवाहिक करणीसम्बन्धी प्रहरीमा मुद्दा दिएको जानकारी गराएकी छिन् ।

उनले भनन् िमलाई घरबाट निकाला गरियो, शासु र सौता लगाएर कुटपिट गरियो । म तेस्रो लिंगी भएको भनेर उसले सबै थाहा पाएको थियो, शुरुमा लभ, त्यसपछि बैधानिक रुपले २०७४ साल बैशाखमा बिहे गरेका थियौं । मेरो ५ लाखसम्म व्यक्तिगत सम्पत्ति पनि उसले खायो, विहे गरेको एक बर्षदेखि शारिरीक र मानसिक रुपले यातना दिँदै घरबाट निकाल्ने प्रयास गरेपछि आफ्नो ज्यान जोगाउन र बाँकी जीवन गुजाराका लागि भए पनि अंशसहितको डिभोसका लागि निवदेन दिएकी बताएकी छिन् ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १२ कैलपानीका रमेश नाथ र कैलाली जिल्लाको लम्की चुहा नगरपालिकाकी मोनिका शाहीका बीच भएको विवाह एक बर्षमै खटपट शुरु भएपछि अन्ततः बिछोडको अवस्थामा परिणत हुनपुगेको छ ।

नेपालको संविधान २०६३ को ले तेस्रो लिंगीका लागि भनेर नागरिकतामा अन्य राखेर नागरिकताको प्रमाण पत्र दिने व्यवस्था गरेपछि मोनिका शाहीले पहिलोपटक कैलाली जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्