Logo
Logo

सेनाद्वारा विद्रोहीको कारागारमा आक्रमण, एक सय बढीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


साना, १६ भदौ (एएफपी) । साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्रा्ष्ट्रिय समितिले आइतबार जनाएको छ ।
हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो । हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले कारागारको रुपमा उपयोग गर्दै आइरहेको भवनमा आक्रमण भएको हो ।
संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले घटनामा परी कम्तीमा ५२ जना मारिएको शव नै भेटिएको र अरु ६८ जना हराइरहेको जनाएका छन् । रेडक्रसको अन्तर्रा्ष्ट्रिय समितिले दामरस क्षेत्रमा औषधि तथा अन्य सहयोग सामग्रीसहितको टोली पठाइएको बताएको छ ।
‘अहिले आक्रमण भएको क्षेत्रमा आइसिआरसीको टोलीले यसअघि नै स्थलगत अध्ययन भ्रमण गरिसकेको थियो’ यमनका लागि आइसिआरसीले खटाएको टोलीका प्रमुख फ्रान्ज रौचेन्स्तैनले धमारबाट एएफपीसँग भनेका छन् । उनले थपे, ‘कारागारमा आक्रमण हुनु यसको सबैभन्दा नराम्रो पक्ष हो, यसका लागि अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ ।’
रौचेन्स्तैनले एक सय भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको जानकारी दिए । उनका अनुसार अरु ४० जनालाई घाइते अवस्थामा अस्पतालमा उपचार गराइएको छ । घटनास्थलबाट आइसिआरसीको टोलीले शवहरु संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्