Logo
Logo

सन्तोषको ‘फेरि-फेरि रुनु छैन’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० भदौं । ‘नेपाली तारा–२’का विजेता सन्तोष लामाको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । ‘फेरि–फेरि रुनु छैन’ बोलको उक्त गीतको भिडियोलाई फोटो पत्रकार नविनबाबु गुरुङले निर्देशन गरेका छन् । भिडियोमा गायक सन्तोषसँगै अभिनेत्री रेखा फागोलाई फिचरिङ गरिएको छ ।
सार्वजनिक गीतमा सन्तोष्कै संगीत रहेको छ । भिडियोमा पछिल्लो समय प्रेमका नाममा फस्टाउँदै गएको विकृतिलाई चित्रण गर्ने प्रयास गरिएको छ । भिडियोमा सन्तोषले आफ्नी प्रियसीलाई एक धनाढ्यसँग विवाह गर्न लगाएर फसाएको देख्न सकिन्छ । यस भिडियोमा सन्तोष र रेखासँगै गौरव मोक्तानको पनि अभिनय देख्न सकिन्छ ।
नबिनबाबु गुरुङकै छायाँकन रहेको यस भिडियोलाई सन्तोषले आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । यस गीतलाई युट्युबमा सार्वजनिक भएसँगै दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्