Logo
Logo

भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान असफल | मोदीले भने, ‘एक दिन अवश्य सफल हुनेछौँ’


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, २१ भदौं (एजेन्सी) । भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएको छ । चन्द्रयान–२ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डर सुरक्षित चन्द्रमामा अवतरण गराउनेक्रममा विक्रमसँगको सम्पर्क टुटेको थियो । चन्द्र धरातलबाट २.१ किलोमिटरमाथि रहँदा सम्पर्क टुटेको इसरोले जनाएको छ ।
यसबारेमा प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री मोदी इसरोमा पुगेको थिए । तर, बज ल्याण्डरको सम्पर्क टुट्यो, त्यसपछि निराश भएका प्रधामन्त्री मोदीले वैज्ञानिकहरुलाई भने, ‘होप फर द बेस्ट’ ।


शनिबार बिहान सवा ३ बजेसम्ममा इसरो अन्तिम घोषणाको तयारमा थियो । तर, त्यो घोषणा गर्न पाएन । अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोको मुख्यालयबाट मोदीले सम्बोधन गरेका थिए । सम्बोधनपछि इसरो मुख्यालयबाट बाहिरिएका मोदीलाई इसरो प्रमुख कैलासवटिवु शिवनले अँगालो हालेर रोएका छन् ।
शिवन रुन थालेपछि मोदीले उनलाई अंगालो हालेर पिठ्युमा थम्थमाएका थिए । मोदीले भावुक शिवनलाई हौसला दिइरहेको भिडियो भारतीय समाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल अहिले भएको छ ।


इसरोको मुख्यालयमा सम्बोधन गर्ने क्रममा मोदीले एक दिन भारतले चन्द्रमा यान अवतरण गर्न निश्चित रुपमा सफल हुने बताए । प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा ज्ञानको सबैभन्दा ठूलो शिक्षक विज्ञान भएको भन्दै विज्ञानमा कुनै विफलता नहुने, प्रयोग र प्रयासमात्र हुने बताएका थिए ।
भारतको चन्द्रयान अभियानको महत्वपूर्ण चरण शनिबार विहान पुरा हुँदैथियो । चन्द्रयान–२ अन्तर्गतको ‘विक्रम’ नाम दिइएको ल्याण्डर चन्द्रमाको सतमा अवतरण गर्नुपर्ने थियो । यदि विक्रम ल्याण्डर सफलतापूर्वक अवतरण हुन सकेको भए भारत चन्द्रमामा अवतरण गराउन सक्ने चौथो राष्ट्र बन्ने थियो ।

प्रतिक्रिया दिनुहोस्