Logo
Logo

लामो समयपछि प्रेमको ‘के यो माया हो’ (लिरिकल भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ भदौं । गायक प्रेम परियारद्वारा स्वरबद्ध ‘के यो माया हो’ बोलको गीत सार्वजनिक भएको छ । नेपाली फिल्म ‘नाई नभन्नु ल’ सिरिजमा लगातार हिट गीत दिएपछि बालगायकका रुपमा चम्किएका यी प्रतिभाशाली गायकको केही समय यता भने नयाँ गीत श्रोतामाझ आएको थिएन ।
सुपरहिट फिल्म मानिएको ‘नाई नभन्नु ल’ सिरिजमा गायक परियारले गाएका ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यो आँखामा तिमी छौँ’जस्ता गीत श्रोता तथा दर्शकले अत्याधिक रुचाएका थिए । ती गीतबाटै गायकी पहिचान बनाएका गायक परियारको यो पछिल्लो सार्वजनिक गीतमा भने उनी केही फरक सुनिएका छन् ।
लिरिकल भिडियोका रुपमा एमएमएस इन्टरटेन्टमेन्टले सार्वजनिक गरेको ‘यो के माया हो’ गीत डान्सिङ लोक बिटमा छ । गायक परियारले छोटो समयमै थुपै्र गतिमा स्वर दिइसकेका छन् । तर, लोक बिटमा गाएको भने पहिलोपटक हो ।
गायक परियार पाश्र्वगायनबाट चम्किएका हुन् । उनको उपस्थिति बढी अझैपनि पाश्र्वगायनमै छ । तर, केही समययता खाशै उनको नयाँ गीत आएको छैन । यसैबेला एमएमएस इन्टरटेनमेन्टले उनलाई श्रोतामाझ ल्याएको हो ।
सार्वजनिक गीतमा प्रशन्न रिमालको शब्द रहेको छ भने संगीत प्रेम परियारले नै गरेका हुन् । बुद्ध सायमीको संगीत संयोजन रहेको यस लिरिकल भिडियोलाई प्रेम शर्माले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=jxVA_JXdY_g

प्रतिक्रिया दिनुहोस्