Logo
Logo

जम्बो अवार्ड : जम्बुलिङ इन्टरनेशनल अवार्ड (७१ विधाका विजेताको नामावलीसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ भदौं । ‘पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन’ नारासहित पहिलोपटक आयोजना भएको ‘जम्बुलिङ इन्टरनेशनल अवार्ड–२०१९’मा ‘लाईफ टाइम अचिभमेन्ट’सहित ७१ विधामा अवार्ड प्रदान गरिएको छ ।


यही गएको २३ अगस्टमा बैंककमा सम्पन्न अवार्डमा पुनm काठमाडौंमा एक समारोहबीच प्रदान गरिएको हो । थाईल्याण्डको समुद्रमा क्रुज पानीजहाजमाथि एक प्रदान गरिएको अवार्डमा त्यहाँम् सहभागी हुन नसेकका कलकारलाई काठमाडौंमा अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष राज किङ वाइबाले बताए । थाइल्याण्डमा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खडकाको प्रमुख आतिथ्यमा ‘जम्बुलिङ इन्टरनेशनल अवार्ड–२०१९’ वितरण गरिएको थियो ।


त्यस्तै, काठमाडौंमा पूर्वगृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा आयोजित अवार्ड समारोहमा पुर्वपर्यटन तथा संस्कृति राज्यमन्त्री परशुराम तामाङ, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र विकास बोर्डका पूर्वसदस्य राजु केसी, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइबालगायत रहेका थिए ।


कार्यक्रममा नेपाली चलचित्र, तामाड चलचित्र, तामाड सेलो, उत्कृष्ट राष्ट्रिय गीत, लोकगीत, पप, दोहोरी, आधुनिक गीत, कोरियोग्राफीलगायतका विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा लामो समयदेखि नेपाल तामाङ घेदुङ र जनजाति महासंघमा लागिपरेका म्हेन्दोमाया समाज नेपालका संस्थापक अध्यक्ष बिगेन्द्र वाइबा तामाङलाई ११ हजार १११ नगदसहित ‘लाइफटाईम एचिभमेण्ट अवार्ड’ प्रदान गरिएको थियो ।


कलाकार, समाजसेवी र दर्शको बाक्लो उपस्थििति रहेको अवार्ड वितरण समारोहमा बोल्दै जम्बुलिङ फिल्स तथा अवार्ड समारोहका अध्यक्ष राज किङ वाइबाले भने, ‘विविध कारणले थाइल्याण्ड पुग्न असमर्थन बाँकी सबै विजेतालाई काठमाडौंमा अवार्ड वितरण गरेका हौँ ।’ उनले कलाकारलाई हौसला प्रोत्साहन गर्न र नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गरेको पनि बताए ।
कार्यक्रममा जुरी मेम्बरहरु वरिष्ठ संगीतकारद्वय पवन वङ लामा र डिका गुरुङ, चलचित्रकर्मी पत्रकार तथा कवि फुलमान बल, वरिष्ठ तामाङ सेलोगायक प्रेम लोप्चनलाई सम्मान गरिएको थियो । यस अवार्ड कार्यक्रममा लागि बुद्ध घलेले टि–शर्ट प्रायोजन गरेका थिए भने आइतराम तामाङले पनि अवार्ड सफल पार्नका लागि सहयोग गरेका थिए ।

अवार्ड विजेता र विधा यस प्रकार छन् :

१. उत्कृष्ट राष्ट्रियगान : ध्रुब तामाङ
२. उत्कृष्ट नेपाली गायक पुरुष : शिव परिवार
३. उत्कृष्ट नेपाली गायिका महिला : अञ्जुपन्त
४. उत्कृष्ट म्हेन्दोमाया गायक : सागर एस. वाईबा
५. उत्कृष्ट म्हेन्दोमाया गायिका : मिना लामा
६. उत्कृष्ट म्हेन्दोमाया मोडेल पुरुष : याङचु तामाङ
७. उत्कृष्ट म्हेन्दोमाया मोडेल महिला : एन्जीला वाईबा
८. उत्कृष्ट लोकपप सिंगर : मेलिशा आले मगर
९. उत्कृष्ट भिडियो निर्देशक लोकपप : प्रकट तामाङ
१० . उत्कृष्ट गीतकार लोकपप : किशोरदत्त बराल
११ . उत्कृष्ट लोकपप मोडेल : कमल सिंह
१२ . उत्कृष्ट म्हेन्दोमाया नवगायक : सन्त वाइबा
१३ . उत्कृष्ट म्हेन्दोमाया नवगायिका : फुलमाया लोप्चन
१४ . उत्कृष्ट म्हेन्दोमाया नवमोडल पुरुष : रोजन थिङ
१५ . उत्कृष्ट म्हेन्दोमाया नवमोडल महिला :  रन्जिता लामा
१६ . उत्कृष्ट नव निर्देशक तामाङ सेलो : जितबहादुर तामाङ
१७ . उत्कृष्ट पुर्वेली भाका : सुवास पाख्रिन
१८ . उत्कृष्ट सेलोपप : टिक बमजन
१९ . उत्कृष्ट लोकपप गायक : अशुसेन लामा
२०. उत्कृष्ट नेपाल पपगायक : कर्णराज गिरि
२१. उत्कृष्ट एरेन्जर पपगीत : वाङचु फ्युबा
२२. उत्कृष्ट मोडल पपगीत महिला : निरञ्जली लामा
२३. पब्लिक च्वाइस अवार्ड लोकपप : धिरेन लामा
२४. इन्करोजमेन्ट अवार्ड लोकपपगायक : दावा लामा
२५. उत्कृष्ट म्हेन्दोमाया कोरियोग्रफर : सिंहबहादुर लोप्चन
२६. उत्कृष्ट म्हेन्दोमाया निर्देशक : एमबी गुरुङ
२७. उत्कृष्ट म्हेन्दोमाया गीतकार : युबि मोङग्रेसा
२८. उत्कृष्ट म्हेन्दोमाया कम्पोजर : हेम वाईबा
२९. इन्करोजमेन्ट अवार्ड न्यू म्हेन्दोमाया मोडल : प्रिती तामाङ
३०. उत्कृष्ट म्हेन्दोमाया न्यू कोरियोग्रफर : विजय तामाङ
३१. उत्कृष्ट म्हेन्दोमाया न्यू डाइरेक्टर : दिलकुमार पङचथेन
३२. उत्कृष्ट म्हेन्दोमाया न्यू लिरिसिस्ट : चिज लामा
३३. उत्कृष्ट म्हेन्दोमाया न्यू कम्पोजर : गोपाल घले
३४. उत्कृष्ट लोकदोहोरी महिला (नयाँ) : प्रमिला तामाङ
३५. उत्कृष्ट लोकदोहोरी पुरुष (नयाँ) : तिलक तिवारी
३६. उत्कृष्ट मोडेल लोकदोहोरी महिला : रश्मी तामाङ
३७. उत्कृष्ट कोरियोग्राफर (सालैज्यू) : दिपक गुरुङ
३८. उत्कृष्ट म्हेन्दोमाया छायाँङकन : लामा भाई
३९. उत्कृष्ट म्हेन्दोमाया फिलिङ सोङ : राम गोम्ज
४०. उत्कृष्ट म्हेन्दोमाया भिडियो अफ द इयर : रोम ब्लेन्थेन 
४१. उत्कृष्ट म्हेन्दोमाया सोङ अफ द इयर : विश्व पाशा 
४२. इन्करेजमेन्ट अवार्ड न्यु म्हेन्दोमाया सिङगर :रेशा तामाङ
४३. पपुलर सिङगर अफ द इयर (म्हेन्दोमाया) : आरबी लामा
४४. उत्कृष्ट म्हेन्दोमाया इडिटर : शरण लामा
४५. जुरी अवार्ड म्हेन्दोमाया : सुमन घले
४६. पब्लिक च्वाइस अवार्ड म्हेन्दोमाया : छिमी म्हम्बा
४७. इन्करोजमेन्ट अवार्ड म्हेन्दोमाया : सुशीला घले
४८. उत्कृष्ट म्हेन्दोमाया भिडियो कमेडी अवार्ड : मर्नेन वाईबा
४९. उत्कृष्ट म्हेन्दोमाया भिडियो कमेडी अवार्ड : कान्छ लामा
५०. उत्कृष्ट तामाङ सेलो गायक : रोशन फ्युबा
५१. उत्कृष्ट तामाङ सेलो गायिका : टिका थोकर
५२. उत्कृष्ट तामाङ सेलो मोडेल : सूर्य थिङ
५३. उत्कृष्ट तामाङ सेलो मोडेल महिला : वर्षा थिङ
५४. उत्कृष्ट तामाङ सेलो मोडल (नयाँ) : उगेन छोदेन
५५. उत्कृष्ट गीतकार तामाङ सेलो : विज्ञान लामा
५६. उत्कृष्ट कम्पोजर तामाङ सेलो : कलम योन्जन
५७. इन्करोजमेन्ट अवार्ड (तामाङ सेलो मोडेल) : रोजिना घले
५८. इन्करेजमेन्ट अवार्ड (तामाङ सेलो मोडेल) : सोनी वाईबा
५९. इन्करेजमेन्ट अवार्ड (तामाङ सेलो गायक) : इन्द्र योन्जन
६०. जुरी अवार्ड (तामाङ सेलो) : जिवन बमजन
६१. इन्करेजमेन्ट अवार्ड (तामाङ सेलो) : निमा लामा
६२. इन्करेजमेन्ट अवार्ड (तामाङ सेलो) : पुजा लामा
६३. उत्कृष्ट तामाङ चलचित्र निर्देशक : बिनायक लोप्चन
६४. उत्कृष्ट नायक तामाङ चलचित्र : अमिर दोङ
६५. उत्कृष्ट नवनायिका तामाङ फिल्म : रुपा एस घले
६६. उत्कृष्ट अभिनेत्री तामाङ चलचित्र : अनिता नेगी
६७. उत्कृष्ट लोकदोहोरी संगीत कम्पोजर (नयाँ) : सन्दीप स्याम्चेन
६८. जुरी अवार्ड (लोक दोहोरी) : सुजिता तामाङ
६९. उत्कृष्ट सिनेमेटोग्रफर पपगीत : सन्चु थोकर
७०. इन्करोजमेन्ट अवार्ड (म्हेन्दोमाया गायक) : दिलबहादुर तामाङ
७१. लाईफटाइम एचिभमेन्ट अवार्ड : बिगेन्द्रसिंह वाईबा

प्रतिक्रिया दिनुहोस्