Logo
Logo

नांगो तार छोएपछि बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते


- दृष्टि न्युज/संवाददाता


महोत्तरी, २७ भदौं । जिल्लाको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उनका अनुसार ठाकुरको घरको भुइँमा नांगो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन पुगेपछि बुबा सियारामको करेन्ट लागेको देखेर छोराछोरीले बचाउन खोज्दा उनीहरुलाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका सियारामका १७ वर्षीय छोरा सुरेश ठाकुर र १० वर्षीया छोरी पूजाकुमारीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका तीनै जनालाई स्थानीयवासीको सहयोगमा गएराति नै उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएकामा सियारामको उपचारकै क्रममा मृृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्