Logo
Logo

म फेसनको फलो गर्छु : वर्षा राउत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ भदौं । पछिल्लो समयकी चर्चित अभिनेत्री बर्षा राउतले आकर्षक र नयाँ पहिरन सधैं आफ्नो रोजाइमा पर्ने गरेको बताएकी छन् । बिहीबार राजधानीको नक्सालमा ‘सजिनाज क्रियशन’ बुटिकको उद्घाटन गर्दै उनले आफू फेसनलाई फलो गर्ने बताइन् । उनले भनिन्, ‘म फेसन कन्सस छु, त्यसैले नयाँ फेसनको सधैं फलो गरिरहेको हुन्छु ।’
कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले ‘सजिनाज क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएकाले खुसी ब्यक्त गरिन् । उनले भनिन्, ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ ।’
बुटिक सजिना बिष्टले संचालनमा ल्याएकी हुन् । उनले भनिन्, ‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शोलगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन ।’ उनले अध्ययन र सौखको बिषय बुटिकमार्फत ब्यवसयमा बदल्न लागेको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्