Logo
Logo

नेपालको मःम मनपर्छ : सन्नी लियोनी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ भदौं । नेपाली फिल्म ‘पासवर्ड’को एउटा गीतमा आइटम गरेकी बलिउडकी अभिनेत्री सन्नी लियानी अहिले काठमाडौंमा छिन् । उनी फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बिहीबार काठमाडौं आएकी हुन् । सन्नी लियानी शुक्रबार दिनभरी फिल्म प्रमोशनमै व्यस्त भएकी छन् ।
पुर्व पोर्न स्टार समेत रहेकी सन्नीले फिल्म ‘पासवर्ड’मा ‘आजको शाम’ बोलको गीतमा डान्स गरेकी छन् । यो फिल्म आजै शुक्रबारबाट देशभर रिलिज भएको छ ।
सम्राट बस्नेतको डेब्यू निर्देशन रहेको उक्त फिल्म पशुपति परिसरबाट चोरेर लण्डन र्पुयाइएको बहुमुल्य मुर्ति नेपाल फिर्ता ल्याउन गरिएको संघर्षको कथा छ ।
अमित बस्नेत र हिराल जोशीको निर्माण रहेको उक्त फिल्मको
‘आजको शाम’ बोलको आइटम लण्डनमा छायांकन गरिएको थियो । उक्त गीतमा लागि मात्र सन्नीले नेपाली तीन करोड रुपैयाँ पारिश्रमिक लिएकी बताइएको छ ।
बिहीबार साँझ कमल पोखरीस्थित कुमार हलमा सहभागी भएकी सन्नीले आफूलाई संसारकै सबैभन्दा मनपर्ने देश नेपाल भएको बताइन् । उनले नेपाली खानामध्ये मःम मनपर्ने बताउँदै नेपाली फिल्मको हिस्सा बन्न पाउँदा आफूलाई खुसी लागेको बताइन् । उनले भनिन्, ‘यस्तै मौका पाएँ भने म फेरि नेपाल आउने छु ।’
यसैक्रममा ‘पासवर्ड’का निर्माता अमित बस्नेतले सन्नीलाई लिएर बलिउड फिल्म निर्माण गर्न लागेको बताए । उनले उक्त फिल्मको अधिकांश छायांकन लण्डनमा हुने पनि दावी गरे । सन्नी शनिबार फकिँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्