Logo
Logo

वडा कार्यालय र प्रवक्ताको कारमा आगजनी


- दृष्टि न्युज/संवाददाता


कन्चनपुर, २७ भदौं । भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाएर भित्र आगजनी गरिएको थियो ।
आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराजलगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।
आगजनी गरिएको ठाउँमा नेकपा (विप्लव) समूहको नामबाट छाडिएको पर्चासमेत फेला परेको जानकारी दिँदै उनले भने, ‘कसले आगजनी गरेको हो भन्नेबारे अझै पुष्टि हुन सकेको छैन तर कार्यालयमा भएको क्षतिको विवरण भने संकलन गरिएको छ ।’
यसैबीच कञ्चनपुरको क्लाफाँशुटा नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहको कारमा बिहीबार राति नै एक अज्ञात समूहले आगजनी गरेका छन् । आगजनीबाट कारमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्