Logo
Logo

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण ठप्प


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौं । गएरातिदेखि लगतार झरीका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण बन्द गरिएको छ । मंगलबार बिहान केहीबेर बन्द र खुला रहँदै आएको विमानस्थलमा अहिले फेरि अवतरण बन्द गरिएको छ ।
जहाज उडान भइरहेपनि अवतरण ४५ मिनेटदेखि रोकिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताएका छन् । उनले मौसममा सुधार नभएसम्म अवतरण नहुने बताए । विमानस्थलमा अवतरण हुन नसक्दा नेपाल एअरलाइन्स, इन्डिगो, लायन एअरलगायतका विमानले दर्जनौँ पटक काठमाडौ आसपासको आकासमा फन्को लगाएर फर्किउका छन् । मौसम खराबका कारण आन्तरिक उडानका जहाजहरु समेत अवतरण गर्न नसकेर फर्किएका छन् ।
मंगलबार विराटनगरबाट १ बजे काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान काठमाडौंमा अवतरण गर्न नसकेपनि उतै फर्किको । त्यस्तै, मौसम खराब हुँदा सोलुखुम्बुबाट काठमाडौका लागि उडेका ८ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गरिएको थियो । मौसम प्रतिकुल भएपछि सोलुखुम्बुको लुक्ला विमान स्थलमा सयौंँ यात्रु अलपत्रमा परको छन् ।

प्रतिक्रिया दिनुहोस्