Logo
Logo

‘कुलखानदान’को ट्रेलर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज । निर्देशक सोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुलखानदान’को ट्रेलर सार्वजनिक भएको छ ।
रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैँदेखि प्रशारण हुने निर्देशक बस्नेतले जानकारी दिएका छन् ।
पारिवारिक जीवनको आरोह अबरोह प्रस्तुत गरिने ‘कुलखानदान’मा नीर शाह, सपना श्रेष्ठ, उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा, अस्मिता जुरेली, संगम भण्डारीलगायत नव अभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन् ।
सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् । रामकाजी घिमिरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन् । टेलिसिरियल भएतापनि ‘कुलखानदान’लाई फिल्मी भब्यता दिइएको निर्देशक बस्नेतको दावी छ ।
झण्डै साढे दुई दर्जन फिचर फिल्म निर्देशन गरिसकेका निर्देशक बस्नेत ‘कुलखानदान’ले दर्शकमाझ नौलो छाप छोड्नेमा आशामा छन् ।

प्रतिक्रिया दिनुहोस्