Logo

सबै विद्यार्थी विमारी भएपछि तीन दिनदेखि विद्यालय बन्द


Published On : 19 September, 2019

जाजरकोटा, २ असोज । भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका–८ मंसिसरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ ।
तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ । तीन दिनदेखि विद्यालय बन्द भए पनि स्वास्थ्य संस्था नजिक नभएका कारण समस्या भएको प्रधानाध्यापक कमल बोहाराले बताए ।
यता नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले तुरुन्तै स्वास्थ्यकर्मी परिचालन गरिने बताए । गाउँमा सबै बिरामी भएका कारण उपचारमा लैजानुपर्ने विद्यार्थी लैजान नसकिएको स्थानीयवासी कर्णबहादुर पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्