Logo
Logo

प्रधानमन्त्रीको व्यस्तताका कारण नेकपा सचिवालय बैठक स्थगित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण सचिवालय बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जनाएका छन् । नेकपाको सचिवालयल बैठक आज बिहीबार ९ बजे बस्ने तय भएको थियो ।
नेकपाले बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी गरेको थियो । केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटी लगायतमा जिम्मेवारी तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्