Logo
Logo

२७० करोडको ‘साइरा नरसिम्हा रेड्डी’को ट्रेलर (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असोज । तेलुगु फिल्म उद्योगका सुपरस्टार चिरञ्जिवी स्टारर एक्सनमय पिरियोडिक ड्रामा फिल्म ‘साइरा नरसिम्हा रेड्डी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
हिन्दी संस्करणको यस फिल्मलाई फरहान अख्तर र रितेश सिध्वानीले वितरण गर्दैछन् । करिब २७० करोड भारु बजेटको तयारमा भएको सिनेमा यस वर्षको प्रतिक्षित सिनेमामध्येको एक हो । यसअघि फिल्म ‘साहो’ले लगानीको विषयमा चर्चामा आएको छ । तर, फिल्मले लगानी र चर्चा गरेजस्तो खाशै व्यापार गरेन । तर, थुप्रै फिल्मको रेकर्ड भने ताडेको छ ।
त्यस्तै, अहिले ‘साइरा नरसिम्हा रेड्डी’को चर्चा छ । यो फिल्म २ अक्टुवरमा रिलिज हुँदैछ । यो फिल्म तेलेगुका अलावा तमिल, हिन्दी, कन्नड र मल्यालम भाषामा पनि रिलिज हुनेछ । तर, यो फिल्म रिलिजकै समयमा ऋतिक रोशन तथा टाइगर श्राफ स्टारर ‘वार’ पनि रिलिज हुँदैछ । यस्तो अवस्थामा यी दुई फिल्म बक्सअफिसमा कडा टक्कर हुने अनुमान गरिएको छ ।
चिरञ्जिबीका छोरा राम चरणले निर्माण गरेको यो फिल्म उइलावाडा नरसिम्हा रेड्डीको जीवनीमा आधारित सिनेमामा तेलुगु मेगास्टार चिरन्जीवीका साथमा बलिउड मेगास्टार अमिताभ बच्चनसँगै खिचा सुदीप, विजय सेतुपति, जगपति बाबु, रवि किसन, नयनतारा, तमन्ना, निहारिकाजस्ता स्टार कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्