Logo
Logo

‘आइफा अवार्ड-२०१९’मा अभिनेत्रीहरुको फेसन जल्वा (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असोज । भारतीय फिल्म उद्योग बलिउडका प्रतिष्ठित ‘इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड–२०१९’ (आइफा अवार्ड) बुधबार राति सम्पन्न भएको छ । सन् २०१९ को आइफा अवार्ड नेपालमा हुने भनिएपनि विवादका कारण यसपटक मुम्बईमा आयोजना भएको छ ।


आइफा अवार्ड बलिउड सेलिब्रेटीका लागि फिल्ममाक नभएर फेसनको कुम्भमेलाका रुपमा समेत लिइन्छ । यो अवार्ड सुरुदेखि नै बलिउडले विदेशी सहरमा गर्दै आएको छ । त्यस्तै, सन् २०१९ मा पहिलोपटक आइफा अवार्ड नेपालमा गर्ने भनिएको थियो । त्यसमा नेपाल सरकारले समेत चासो दिँदै अवार्ड आयोजना गर्ने निर्णय गरेको थियो । तर, जनस्तरबाट विरोध भएपछि सरकार आइफा आयोजना नगर्ने निर्णयमा पुगेको थियो ।


बलिउडकै प्रतिष्ठित फिल्म अवार्ड नेपालमा आयोजना गर्दा ‘भ्रमण वर्ष–२०२०’ लाई सहयोग पुग्ने अपेक्षा गरिएको थियो । सरकारले सन् २०२० लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ । तर, भ्रमण वर्षको प्रचारमा सहयोग पुग्ने भन्दै आइफा अवार्ड आयोजना गर्ने निर्णय गर्दा सरकार आलोचित बनेको थियो । विशेषगरी आइफा अवार्ड गर्दा लाग्ने खर्चलाई लिएर विवाद आएको थियो । त्यसपछि आइफा अवार्ड चीनमा गर्ने चर्चा बलिउडमा चलेको थियो । तर, यस वर्ष आइफा अवार्ड भारतकै व्यापकरिक सहर मुम्बईमा सम्पन्न भएको छ । ‘आइफा अवार्ड–२०१९’मा अभिनेत्रीको जल्वा हेर्न लायक थियो । आइफा अवार्डमा देखिएको अभिनेत्रीहरुको फेसन जल्वा हेर्नुस् ।

India IIFA Awards

प्रतिक्रिया दिनुहोस्