Logo
Logo

सबैले खोजेजस्तै कुसुम द बुटिक (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


  • फोटो : नविन गुरुङ

 

काठमाडौं, ४ असोज । ‘कुसुम द बुटिक’ सञ्चालनमा आएको खाशै धेरै भएको छ । तर, उक्त बुटिकको लोकप्रियता र चर्चा भने ह्वात्तै बढेको छ । सर्वसाधारणका लागि मात्र नभएर सेलिब्रेटीको पनि रोजाइ बन्न पुगेको छ, कुसुम बुटिक ।
यो बुटिक डिल्लीबजारस्थित पिपलबोटसँगै छ । माइतीदेवीबाट डिल्लीबजारतर्फ जाँदा मन्दिरसँगै पिपलबोट आउँछ, त्यहाँबाट अनामनगरतिर जाने मोडमै रहेको छ कुसुम बुटिक । यो बुटिक सञ्चालनमा आएको ६ महिना नपुग्दै फेसन पारखीका लागि पहिलो रोजाई बन्न पुगेको छ । नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका अञ्जु पन्त होस् वा प्रथम नेपाल स्टार विष्णु चेम्जोङ नै किन नहोस्, कुसुम बुटिककै पहिरन रोज्छन् ।

गायिका अञ्जु पन्त कसुम बुटिकको फेसन डिजाइनर तथा सञ्चालिका कुसुम श्रेष्ठले तयार पारेका पहिरन लगाएर युरोप तथा अमेरिकाका विभिन्न स्टेजमा प्रस्तुत भइसकेकी छन् । ‘मैले चाहेजस्तै पहिरन कुसुम बुटिकले तयार गर्छ’ गायिका अञ्जुले भनिन्, ‘त्यसैले पछिल्लो समय म कुसुम बुटिककै पहिरन लगाउँछु ।’


त्यसो त कुसुम बुटिकको परिहन प्रियंका कार्कीजस्ता चर्चित अभिनेत्रहरुले पनि लगाइसकेका छन् । जोकोही एकपटक कुसुम बुटिक पुगेपछि अन्यतिर मोडिदैन । यसको कारण कुसुम बुटिकले ग्राहकलाई गर्ने ब्यवहार र सेवा नै हो । साथै, सर्वसुलभ र स्तरिय पहिरन पनि बुटिकको अर्को विशेषता हो ।

विशेषगरी कुसुम बुटिकको गाउन, पाटीवेयर, लेहेँगाजस्ता पहिरनमा चर्चित छ । त्यसका अलावा क्याजुअल र सारीलगायत अन्य बुटिकमा पाइने सबै पहिरन उपलब्ध रहेको बुटिककी सञ्चालिका तथा डिजाइनर कुसमले बताइन् ।
दशैँ नजिकिँदै गर्दा कुसुम बुटिकलाई भ्याइनभ्याई छ । ‘अर्डर धानी नसक्नु छ’ डिजाइनर कुसुमले भनिन्, ‘तीजको बेला त रातभरी काम गरेकी थिएँ, दशैँमा पनि यस्तै भ्याइनभ्याई छ ।’ फिल्म, म्युजिक भिडियो सुट, फोटोसुटलगायतका विभिन्न प्रयोगका लागि समेत उक्त बुटिकले पहिरन तयार गर्दै आएको छ । त्यसैले पनि यो बुटिक छोटो समयमै राजधानीमा लोकप्रिय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्