Logo
Logo

मुटुभित्रै बास माग्दै मिलन (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असोज । चर्चित गायिका मिलन नेवारको नयाँ गीत सार्वजनिक भएको छ । मेलोडियस गीत ‘मुटभित्रै देउन मलाई बास’ बोलको गीतलाई यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा डक्टर राजुबाबु श्रेष्ठको शब्द र गायक तथा संगीतकार राजनराज शिवाकोटीको संगीत रहेको छ ।
पछिल्लो समयकी चर्चित गायिका मिलनले सार्वजनिक गीतमा आफैले मोडलिङ गरेकी छन् । हुन त उनी गायनसँगै मोडलिङमा पनि जम्दै आएकी छन् । यसअघि पनि उनले आफ्ना केही गीतमा मोडलिङ गरिसकेकी छन् ।
भिडियोलाई राजेशपुमा राईले निर्देशन गरेका हुन् भने भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ । विकास दाहालले सम्पादन गरेको यस भिडियोलाई मिलन नेवारले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी हुन् । एल्बम ‘मिलन–२’मा समाबेश ‘देउन मलाई बास’ बोलको यस गीतलाई संञ्जीव वराइलीले एरेञ्ज गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्